चैत्र १५ बाट ‘बूगी वूगी’को नेपाली संस्करण प्रशारण


सिंगिंग रियालिटी शो ‘नेपाल आइडल’को सफलता पछी अर्को अन्तराष्ट्रिय फ़्रेञ्चाईज डान्स रियालिटी शो ‘बूगी वूगी’ (BOOGIE WOOGIE) यहि चैत्र १५ गते (मार्च २९) बाट प्रशारण हुने भएको छ। सन् १९९६मा भारतका नावेद जाफरी र रवी भेलले सुरुगरेको यो डान्स रियालिटी शो बूगी वूगीको नेपाली संस्करणमा अभिनेता एबं कुशल नृत्यकार दिलिप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेका छन।

अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपी वान टेलिभिजन बाट यो शो प्रशारण हुँदैछ। बेलुकी ८ बजे प्रशारण गरिने बूगी वूगीको पहिलो एपिसोडमा देशभर बाट छानिएर आएका हजारौ सहभागीबाट उत्कृष्ट सय अनि सयबाट पनि उत्कृष्ट भएका १८ प्रतिस्प्रर्धीहरुले आनो नृत्य कला प्रस्तुत गर्नेछन।

बूगी वूगीलाई यसअघी थुप्रै टेलिभिजन अनि मिडियाहरुमा कार्यक्रम निर्माताका रुपमा काम गरिसकेका एलिन श्रेष्ठले निर्देशन गरेका छन। बूगी वूगीको नेपाली संस्करणका बिजेताले एउटा कार, १५ लाख नगद तथा बिभिन्न कंट्रयाक्ट पुरस्कार प्राप्त गर्ने बताइएको छ।

SUBSCRIBE 👉