नेपाल आइडल बुद्ध लामाको गीतको भिडियोमा पल र आँचल


‘नेपाल आइडल’ बुद्ध लामा पहिलो पटक गीत–गजल लिएर दर्शक / स्रोतामाझ आएका छन्। अर्जुन अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोमा चलचित्रका लोकप्रिय जोडी पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन्। अभिनेता पल तथा अभिनेत्री आँचल ले भिडियोमा गजल भावना अनुसारको अभिनय गरेका छन्।

अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि…’ शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन्। हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन्। चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको उक्त गीत अकेष्टिक नेपालमा रेकर्ड गरिएको हो। गजलकार सुरेश वाग्ले गायक शिव परियारको सांगीतिक जीवनको पहिलो गजल ‘जति बिस्र्यो तिम्रो याद…’ का रचनाकारको रुपमा समेत चिनिन्छन्।

उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। भिडियोमा सुरेन बसेलको कोरियोग्रँफी छ।

SUBSCRIBE 👉