गायन रियालिलिटी सो ‘द भ्वाईस अफ नेपाल’को घोषणा


गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ सुरु हुने भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो रियालिटी सो को औपचारिक घोषणा गरिएको हो। असार महिनाबाट प्रशारणमा आउने रियालिटी सो लाई नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन्।

प्रलाद सिंह ठकुरी एमडी रहेको यो शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन्। सुशील नेपालले होस्ट गर्ने शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, गायक प्रमोद खरेल, गायक सनुप पौडेल र गायिका अभया सुब्बा छन्।

‘द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने बताईएको छ। विजेताले पच्चीस लाख नगद, एउटा कार, बीस लाख बराबरको भिडियो एल्बमको समझौता तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन्।

आयोजकको भनाई अनुसार इतिहासमा नै पहिलो पटक उक्त नेपाली शो अन्तराष्ट्रिय प्लाटफर्ममा समेत जानेछ। केहि शोहरु ‘द भ्वाईस ग्लोबल’ नामक भिडियो च्यानलमा प्रशारण हुनेछ जहाँ संसारभरका प्रतिभालाई अटाईएको छ।

SUBSCRIBE 👉