म्युजिक भिडियोमा देखिए – सुशान्त खत्री । राजेश पायलको गीतमा आकर्षक नृत्य


केहि समय अगाडी भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडी नृत्य गरेर चर्चामा आएका सुशान्त खत्रीले नेपाली म्युजिक भिडियोमा अभिनय गरेका छन्। पछिल्लो समय पारिवारिक भेटघाटका लागि नेपाल आइपुगेका सुशान्तले शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नृत्य गरेका हुन्।

उनले ‘पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन्। गीतमा उनि एक्लै फिचरीङ छन्। ‘यो मुटु दुख्छ किन’ बोलको सार्वजनिक गीतमा दर्पण राईको शब्द र संगीत रहेको छ भने यसलाई राजेश पायल राइले गाएका छन्।

दर्पणले शब्दमा कोरेको मायाको भावलाई सुशान्तले आफ्नो डान्सीङ मुभ मार्फत व्यक्त गरेका छन्। गीतको कोरियोग्राफ राजिव समरसंग मिलेर सुशान्तले नै गरेका हुन। यसमा अनिल के मानन्धरको छायाँकन, विजय बस्यालको ग्राफिक्स, सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

म्युजिक भिडियोको प्रतिक्रिया कस्तो आउला? सुशान्त खत्रीको प्रतिक्षा

यसो भन्छन सुशान्त : मलाई नेपाली गीतमा कहिले नाच्छौ भन्ने प्रश्न निकै आउथ्यो, यस गीत मार्फत त्यसको अन्त्य भएको छ। यो मेरो जीवनकै पहिलो म्युजिक भिडियो हो। म नेपालमा भेटघाटको लागि आएको थिए , यसै बेला जुरेको रहेछ यसैले काम गरे। मलाइ गीत निकै मन पर्यो अनि यसलाई छायाँकन गर्ने तरिका जसरि निर्देशक थापाजीले मलाइ सुनाउनु भयो, त्यसले गर्दा पनि म उत्साहित भए। मलाइ नेपाली गीतमा आफुलाई प्रस्तुत गर्न पाउदा निकै खुशी लाग्छ। नेपालमा काम गर्ने ईच्छा पनि, यसको सुरुवात यो म्युजिक भिडियो मार्फत भईसकेको छ। अब हप्ता दिनमै फेरी मुम्बई फर्किदै छु तर नेपाल आउने जाने क्रम चलिनै रहन्छ। यतिबेला म डान्सकै कथामा बन्ने बलिउड फिल्म ‘एबीसिडी’ को नयाँ सेरिजको लागि त्यहाँ पुग्दैछु। अभिनय मार्फत कस्तो प्रतिक्रिया आउला भन्ने कौतुहलता छ।

SUBSCRIBE 👉