ऋतिकको कुराले क्याट्रिना – रणवीरमा तनावमा


katrina-ranbirकेही पहिले फिल्म ‘जग्गा जासुस’को सुटिङको फुसर्द निकालेर अंगालो मार्दै केपटाउन घुम्दै गरेको अवस्थामा भेटिएका बलिउड रोमान्टिक जोडी रणवीर कपुर र क्याट्रिना कैफ त्यही फिल्मको एक सेटमा झगडा गरेका छन्।

समाचार अनुसार यो जोडीबीच सुटिङ सेटमा निकै ठूलो विवाद भएको थियो। फिल्ममा स्टन्ट म्यानको रुपमा प्रस्तुत हुन लागेका रणवीरले उक्त स्थानमा एक स्टन्टको सट दिएका थिए। त्यही बेला क्याट्रिनाले रणवीरले दिएको स्टन्ट फिल्म ‘बैंगबैंग’मा ऋतिक रोशनको जस्तै भएको बताउँदा रणवीर निकै रिसाएका थिए।

ऋतिक अभिनित फिल्ममा क्याट्रिना प्रमुख भूमिकामा छिन्। रमाइलो कुरा के छ भने ऋतिक र उनकी श्रीमति सुजैनबीच पारपाचुके हुने कारण क्याट्रिनालाई लगाइएको थियो। यसैकारण पनि रणवीर ऋतिकको विषयलाई लिएर आफुलाई असहज महशुस गर्दै आएका छन्।

SUBSCRIBE 👉