‘दाइ नभन्नू ल’को चर्चा [भिडियो]


चर्चित गायक तथा संगीतकार कालीप्रसाद बासकोटाको स्वरमा रहेको गीत ‘दाइ नभन्नू ल’को चर्चा चुलिएको छ। गीतमा एकतारेको शब्द छ भने अनिल शर्माले थप अन्तरा कोरेका छन्। मन परेकी युवतीले ‘दाइ’ भनेर सम्बोधन गरेपछि युवकको मनमा उब्जिएको पीडा समेटिएको गीतमा सुशान्त गौतमको संगीत छ। सन्देश जंग राणाले निर्देशन गरेको भिडियोमा सरस्वती श्रेष्ठ र आभाष जोशीले अभिनय गरेका छन्। भिडियोलाई सुरज श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन्।

यो गीतबाट नयाँ डान्स ग्रुप नेपाली संगीत उद्योगमा भित्रिएको छ। ‘क्रिष्टल क्लज डान्स क्रू’ले ‘दाइ नभन्नु ल’को भिडियो निर्माण गरेको हो। क्रिष्टल क्लज डान्स क्रू, यसअघि चलचित्र ‘पुरानो डुङ्गा’ को ‘निर’ गीत कभर गरेर चर्चित भएको र ‘मिस्टर झोले’को गीत ‘ओखती’को कभर भिडियो प्रतियोगितामा प्रथम भएको थियो।

SUBSCRIBE 👉