‘नेप्टे’को आँखा छ चिम्रो


‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीत सँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्म ‘नेप्टे’ को अर्को नयाँ गीत ‘आँखा छ चिम्रो’ रिलिज गरिएको छ। यो गीतले पनि दर्शकबाट निकै राम्रो साथ् पाउने आशा गरेको छ।

यो गीतमा गायक बिषण राई र दिपा लामाको स्वर छ। शब्द तथा संगीत भने नायक तथा निर्माता रोहित रुम्बाको छ। रोहित संगै बुद्धि तामांग, अर्जुन गुरुङ र नायिका पुर्णिमा लामालाई यो भिडियोमा हेर्न सकिन्छ। कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।

फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन्। ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन्। फिल्ममा सन्तोष राज, बाबु बोगटी, ओम सुनारको संगीत छ।

फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय छ। अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो रोलमा हेर्न सकिनेछ। फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन्। ट्रेलरमा उनले बोलेका केही संवादले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाइदिएको छ।

SUBSCRIBE 👉