चञ्चले नानी शिल्पा सँग विल्सनको प्रेमभाव


नायिका शिल्पा पोख्रेल र विल्सन विक्रम राई अभिनित रमाइलो म्युजिक भिडियो रिलिज भएको छ। भिडियोमा विल्सनले शिल्पालाई मन पराउछन। यी दुईको प्रेमभावलाई नै भिडियोमा देख्न सकिन्छ। सम्भवत शिल्पा र विल्सन पहिलो पटक सँगै देखिएका हुन्।

गायक अमर राईको स्वर रहेको ‘चञ्चले नानीले’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ। निकेश खड्काले निर्देशन गरेको भिडियोमा राजिव समरले कोरियोग्राफि, उत्तम हुमागाईंको छायाँकन र बिकाश धमलाको सम्पादन रहेको छ।

SUBSCRIBE 👉