गायक शिव परियारको ‘मात नलाग्ने’ – म्युजिक भिडियो


चर्चित गायक शिव परियारले आफ्ना दर्शक तथा स्रोता सामु नयाँ गीत लिएर आएका छन्। नेपाली सांगीतिक आकाशमा कयौं हिट गीत दिएका परियारले ‘मात नलाग्ने’ बोलको गीतका भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्।

शिवको एघारौ एल्बम शिवालयमा समाबेश सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द र आशिस अविरलको संगीत रहेको छ। गीतमा नायिका प्रियंका कार्की र विशाल लामालाई फिचरिङ गरिएको छ। गीतको कोरियोग्राफि राजिव समरले गरेका हुन्।

बर्ष २०७४ मा शिवको ‘आँशुको अर्थ’र “हल्ला हल्ला मै माया” जसत हिट गीतहरु बजारमा आइसकेका छन्। मेरो अरु गीत जस्तै ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया’पनि दर्शक तथा स्रोतालाई मन पर्ने गायक परियारले बताए। निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा उत्तम हुमागाईंको छायांकन र बिकाश धमलाको सम्पादन छ।

SUBSCRIBE 👉