‘फूल झैं जीवन’मा सन्तोष र प्रेम


काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठ र गीतकार प्रेम प्रसाद राजभण्डारीको संयुक्त गीतिसंग्रह ‘फूल झैं जीवन’ सार्वजनिक भएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा उक्त एल्बम सार्वजनिक भएको हो । कार्यक्रममा गजलकार डा.नेत्र एटम, गीतकार नेपालका महासचिव शुभ मुकारुङ, प्राज्ञ ज्योतिप्रकाश, सांसद सुजिता शाक्य, सांसद विष्णु शर्मा लगायतले ‘फूल झैं जीवन’ लाई सार्वजनिक गरिएको हो ।

संगीतकार सन्तोषले प्रेमप्रसादसँगको पछिल्लो सहकार्यले ‘फूल झैं जीवन’ निर्माण हुन सफल भएको बताए । गीतकार राजभण्डारी प्रवास बसे पनि गीतसंगीत भने नेपालकै माटोसँग मिलेको बताउँदै श्रेष्ठले उनका सिर्जना संगीत गर्दा पहिलोजस्तो नभएको बताए ।

फूलझैं जीवनभित्र ६ वटा गीत समावेश गरिएको छ । गोल्डेन क्रियशनले बजारमा ल्याएको उक्त एल्बमभित्र देखेको थिएँ, बृद्ध विहिन लुम्बिनीमा, पुन्य भयो, मायाप्रिति, विगुल फुक्ने, जवानीको रसरङ्गमा जस्ता गीत समावेश गरिएको छ । जसमा भविन ढुंगाना, रामकृष्ण ढकाल, कृष्णभक्त राई, मेलिना राई, मनोजराज, सहिमा श्रेष्ठले स्वर दिएका छन् ।

संगीतकार श्रेष्ठको यो २५ औं एकल संगीत भएको एल्बम हो भने राजभण्डारीको पहिलो एल्बम हो । गीतकार राजभण्डारीले यो भन्दा पहिला प्रगतिशील साहित्यमा नेत्रलाल अभागी पुस्तक समेत प्रकाशनमा ल्याएका छन् । संगीतकार श्रेष्ठ र गीतकार राजभण्डारी घोराही नगरपालिका हापुर दाङका सर्जक हुन् ।

SUBSCRIBE 👉