फस्टलुकमा कथा काठमाडौं


काठमाडौं । काठमाडौंलाई कर्मभूमि बनाएर संघर्ष गरिरहेका भिन्न भिन्न पात्रको कथा प्रस्तुत गरिएको फिल्म ‘कथा काठमाडौं’को फस्टलुक सार्वजनिक भएको छ । टेलिभिजनमा सिरियल निर्माणसँगै मनोरञ्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएकी भिजे संगीता श्रेष्ठको डेब्यु निर्देशन रहेको फिल्मको फस्टलुकमा पात्रको चरित्रलाई फिचर गरिएको छ । फिल्मको फस्टलुक ज्योतिमान डंगोलले तयार पारेका हुन् ।

आगामी असोज १२ रिलिज हुने फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीलगायतको अभिनय छ । निर्देशक संगीताले आफूले फिल्ममा फरक कथा भन्ने प्रयास गरेको बताएकी छिन् । ‘म अलि फरक कथा भन्न चाहन्थें । जसले गर्दा यो विषयमा काम गरे । फिल्ममा मैले काठमाडौंमा रहिरहेका केही पात्रको कथालाई चित्रण गर्ने प्रयास गरेकी छु’उनले भनिन्, ‘फिल्मको पोस्टरमा पनि हामीले पात्रको लुक्स र लस्ट, लभ एन्ड लाइफ भनेका छौं ।’

आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राईको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिँदैछिन । लुजा सिंहले खिचेको फिल्ममा मित्र गुरुङको सम्पादन र संगीताकै पटकथा छ ।

SUBSCRIBE 👉