‘मिष्टर भर्जिन’ टिजरमा कण्डमको खोजी


काठमाडौं । आगामी भदौ १ गते रिलिज हुने फिल्म ‘मिष्टर भर्जिन’को टिजर आइतबार सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मका पुरुष कलाकारदेखि महिला कलाकारसम्मले कण्डम खोजेको दृश्यलाई प्रस्तुत गरिएको छ । टिजरमा गौरव पहाडी, विजय बराल, कमलमणि नेपाल र मरिष्का पोखरेलले मेडिकलमा कण्डम मागेको दृश्यलाई देखाइएको छ ।

तीन युवाको यौन मनोविज्ञानको कथा बोकेको यो फिल्ममा विशारद बस्नेतको निर्देशन छ । वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी काप्रीको सम्पादन छ ।  फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।

SUBSCRIBE 👉