पीडामा रोइन अमेरिकाकी नन्दिता


काठमाडौं । अमेरिकामा छायांकन गरिएको फिल्म ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ । फिल्मको निर्देशक तथा सम्पादक इश्वर थापा हुन् ।

ड्रिम्स गेट नेपाल फिल्मस्का लागि राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेतीको निर्माण रहेको फिल्ममा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारको अभिनय छ ।

निर्देशक थापाका अनुसार फिल्मको प्रदर्शन अमेरिकाबाटै सुरु गरिनेछ । अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भइसकेको छ ।

SUBSCRIBE 👉