प्रेम र रोदनमा नाइ नभन्नू ल ५ ट्रेलर


काठमाडौं । आगामी भदौ ८ गते रिलिज हुने फिल्म ‘नाइ नभन्नू ल ५’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार फिल्म युनिटले कार्यक्रम गर्दै पत्रकारमाझ ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा फिल्मका बालकलाकार अनुभव रेग्मी र सेन्ड्रिला शर्माको प्रेमदेखि स्वस्तिमा खड्का र अभिषेक नेपालसम्मको प्रेमलाई देखाइएको छ । ट्रेलरमा प्रेमिल जोडीबीच आएको विछोडको पीडालाई पनि देखाइएको छ ।

वन टाइम सिनेमाको व्यानरमा विकास आचार्यको निर्माण तथा निर्देशनमा बनेको फिल्ममा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र स्याड्रिना शर्माको अभिनय छ ।

फिल्ममा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । फिल्ममा हरिबोल भण्डारी र गौरीराज जोशीको पनि लगानी छ ।

SUBSCRIBE 👉