फिलिपिन्समा प्रेमिल आर्यन–साम्राज्ञी


काठमाडौं । आगामी साउन १८ गते रिलिज हुने फिल्म ‘कायरा’को प्रेमभावको गीत ‘सुखमा तिमीसँगै हाँसु’ सार्वजनिक भएको छ । आर्यन सिग्देल इन्टरटेनमेन्ट र आरएण्डआर प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा लक्ष्मण रिजालको निर्देशन छ ।

सार्वजनिक गीतमा नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको रोमान्सलाई देख्न सकिन्छ । गीत फिलिपिन्सको सुन्दर लोकेसनमा खिचिएको छ । गीतमा कोशिष क्षेत्रीको शब्द र संगीत तथा केतन क्षेत्रीको स्वर छ भने प्रविन सिंहको कोरियोग्राफी छ ।

फिल्ममा आर्यन र साम्राज्ञीसहित शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ, रोजेटी कायी पाब्लोको अभिनय छ । लष्मण रिजाल निर्माता तथा राजकुमार भट्ट कार्यकारी निर्माता रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, आर्यन सिग्देलको कथा, केदार भुषालको पटकथा र संवाद तथा वनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

SUBSCRIBE 👉