पुनम पाण्डे भन्छिन्,‘बुद्ध नेपालमै जन्मेका हुन्’


काठमाडौँ । नेपाल भ्रमणमा रहेकी बलिउड नायिका तथा मोडल पुनम पाण्डेले भगवान् बुद्धको जन्म नेपालमा भएको बताएकी छन् । रुसमा जारी विश्वकप फुटबलको अवसरमा आफना नेपाली प्रशंसकसँग बसेर विश्वकप फुटबलको अन्तिम खेल हेर्न नेपाल आएकी पाण्डेले राजधानीमा पत्रकारमाझ यो कुरा बताएकी हुन् ।

कलाकार पाण्डेले आफू नेपालमा पहिलोपटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताइन् । ‘मेरो आमाको मुखबाट नेपालको बारेमा धेरै कुरा सुनेकी थिएँ । उहाँले गौतम बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर भन्नुभएको थियो ।’ उनले भनिन् । आमाको भनाइ स्मरण गर्दै उनले आफू पनि नेपाल आउनका लागि आतुर भएको बेला विश्वकपले त्यो मौका जुराइदिएको बताइन् ।

डेजाभु क्लब दरबारमार्ग काठमाडौँमा भारतीय नायिका पुनम पाण्डेले आफना प्रशंसक माझ भेटघाट गर्ने तथा विश्वकप फुटबलको फाइनले हेर्ने छन् । उनले यसपटकको विश्वकप क्रोयसियाले जितोस् भन्ने आफ्नो चाहना रहेको बताइन् । डेजाभु क्लबका सञ्चालक केपी गैरेले कलाकार पुनम पाण्डे नेपाली समर्थकहरुबीचमा रहेर रसियामा जारी विश्वकप फुटबलको अन्तिम खेल हेर्ने चाहना राखेको जानकारी दिए ।

SUBSCRIBE 👉