भारदारसँग नाँच्दै सुश्री सम्पत्तिका कलाकार


काठमाडौं । आगामी भदौ २२ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘सुश्री सम्पत्ति’को केही दृश्य अझैं छायांकन भइरहेको छ । हालै मात्र दरबारीया झल्को दिने गरी ‘हुकुम’ बोलको गीतको छायांकन गरिएको हो । गीतको छायांकनताका फिल्मका प्रमुख कलाकार विनोद न्यौपाने, सलोन बस्नेत र सारा सिरपाली दरबारीया झल्को दिने गेटअपमा देखिएका थिए । गीतमा दरबारमा भारदारहरुसँगको नाच र रमाइलो प्रस्तुत गरिएको थियो ।

गीतमा ८० बढी कोरसको सहभागिता थियो । विशाल राई र मेलिना राईको स्वर रहेको यो गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी र शिवराम श्रेष्ठको छायांकन छ ।

फिल्मका भने अर्जुन तिवारी छाँयाकार छन् । सुव्रत आचार्यको निर्देशनमा तयार भएको यो गीतको छायाकन पाटन दरबारमा गरिएको छ । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

रमेश त्वयना प्रस्तुतकर्ता रहेको फिल्ममा निर्देशक सुबतकै कथा छ । विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार निर्माता रहेको फिल्ममा अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद, अभिमन्युको पटकथा र भरत रेग्मीको सम्पादन छ ।

SUBSCRIBE 👉