जय शम्भुमा वर्षालाई अनुपको भर


काठमाडौं । आगामी भदौ १ गते रिलिज हुने फिल्म ‘जय शम्भु’को पहिलो प्रेमगीत ‘म त परेँ तिम्रै भर’ सार्वजनिक भएको छ । टंक बुढाथोकीको स्वर र संगीतमा रहेको गीतमा अञ्जु पन्तले पनि गायनमा सहकार्य गरेकी छन् । गीतमा वर्षा शिवाकोटी र अनुप विक्रम शाहीलाई देख्न सकिन्छ ।

अमृता नेपालको शब्द रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । महंगो इन्डोर सेट बनाएर खिचिएको गीतमा आउटडोरका रुपमा कालिन्चोकको सुन्दर लोकेशन पनि देख्न सकिन्छ । राजधानीमा बिके फिल्मस्का गोपालकाजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने फिल्ममा रुपेश तामाङको निर्देशन छ ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा अरविन्द्रमान शाक्य निर्माता तथा चक्र पाख्रिन कार्यकारी निर्माता छन् । यस्तै कुशल शर्मा र शिक्षा काफ्ले सह निर्माता रहेको फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्शन, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य छ ।

फिल्ममा अनुपविक्रम शाही, वर्षा शिवाकोटी र प्रशान्त ताम्राकारसँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतका कलाकारहरुको भुमिका रहेको छ ।

SUBSCRIBE 👉