‘मिष्टर भर्जिन’मा छुल्ठिमको तमासा


काठमाडौं । भदौ १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मिष्टर भर्जिन’को नयाँ आइटम गीत ‘पैसा फेक तमाशा देख’ सार्वजनिक भएको छ । नायिका छुल्ठिम गुरुङले फिचरिङ गरेको गीतमा पैसाकै लागि छुल्ठिम नाँचेको देखाइएको छ । डिस्कोमा खिचिएको आइटम डान्स फ्लेबरको गीतमा शशी रावल र मिष्टर आरजेको स्वर छ । टुरिष्ट जंग बीकेको शब्द रहेको गीतमा राजेन्द्र भट्टको संगीत तथा दीपक एम सिंहको कोरियोग्राफी छ ।

गीतमा छुल्ठिमसँग नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बरालले कम्मर भाँचेको देख्न सकिन्छ । विशारद बस्नेत निर्देशित फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतको अभिनय छ ।

फिल्ममा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको कथा र पटकथा तथा महेश दवाडीको संवाद, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आरजेको संगीत रहेको छ ।

वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी छ भने सह निर्मातामा सन्दिप उप्रेती छन् ।

SUBSCRIBE 👉