सहिमाको नाकैमा फूलीमा ग्ल्यामरस नीता


काठमाडौं । गायिका सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘नाकैमा फूली’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नायिका नीता ढुंगाना र नायक सञ्जय खतिवडाले फिचरिङ गरेका छन् । मौलिक भेषभुषा मनपराउने सञ्जयले नीतालाई ग्ल्यामरस लुक्समा देखेपछि नीता प्रति वितृष्णा बढेको भिडियोमा देखाइएको छ ।

सम्राट क्रियशनको युट्युबबाट सार्वजनिक भिडियोमा क्रिएसनका निर्देशक सुमन दाहालको निर्देशन छ । शान्तिप्रियले लेखेको गीतमा दीपक शर्माको संगीत छ ।

भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सुरेश राउतको सम्पादन, इश्वर सिंकमेनको छायांकन र सुशिल जोशीको श्रृंगार छ ।

SUBSCRIBE 👉