विद्याले खोलिन जासुस ब्लग


vidya-balan-jasoos-blog
बलिउडकी डर्टी गर्ल विद्या वालनले आफु अभिनित प्रदर्शोन्मुख फिल्म ‘बोबी जासुस’को प्रमोशनका लागि नयाँ जुक्ति निकालेकी छन् ।

कलाकारहरु दर्शकसँग प्रत्यक्ष भेटेर फिल्मी साक्षात्कार गरिरहँदा यी नायिका चाहिँ प्रमोशन कामवका लागि ब्लग सञ्चालनमा ल्याएकी छन् ।

फिल्मी स्टारसँग जोडिएका ताजा जानकारी दिने भनि खोलिएको ब्लगको नाम नै ‘बोबी को सब मालूम है’ राखिएको छ । गत शुक्रबारबाट शुरुवात गरिएको ब्लगमा बलिउडका स्टारको नालीबेली प्रस्तुत गरिनेछ । बलिउड फिल्म उद्योग र कलाकारको विशेष जासुसी गर्ने ब्लगले सबैभन्दा ठूलो र उत्कृष्ठ खबरको खुलासा गर्ने समाचारमा जनाइएको छ । उनको फिल्म आगामी जुलाई ४ मा रिलिज हुँदैछ ।

SUBSCRIBE 👉