सुपरहिट नायिकाको सुपरफ्लप चलचित्रहरु


मोडलिङबाट आफ्नो करिएर शुरुवात गरेकी कैटरिना कैफ वलिउडकि सफल अभिनेत्री हुन्। २००३ मा रिलीज भएको फिल्म ‘बूम’ उनको डेब्यू फिल्म हो। उनले अहिलेसम्मको करियरमा कयौं सुपरहिट फिल्ममा काम गरिसकेकी छन्। तर कटरिनाका केही सुपरफ्लप फिल्महरु पनि छन्।

युवराजः
२००८ को अन्तिममा रिलीज भएको ‘युवराज’ इण्डियन ड्रामामा आधारित फिल्म हो। यो फिल्ममा सलमान खान, अनिल कपुर, जायद खान, कैटरिना कैफजस्ता चर्चित कलाकारले अभियन गरेका छन्। फिल्ममा ए आर रहमानले संगीत दिएका थिए। तर यो फिल्म पदामा धेरै दिन चल्न सकेन।

हमको दिवाना कर गएः
२००६ मा रिलीज भएको कैटरिनाको फिल्म ‘हमको दिवाना कर गए’ बक्स अफिसमा फ्लप सावित भयो। यद्यपी फिल्मको कथाबस्तु भने राम्रो थियो। यो फिल्ममा कैटरिनासँग अक्षय कुमार मुख्य भूमिकामा थिए। रोमान्टिक ड्रामामा आधारित फिल्म ब्रिटिस फिल्म ‘नाटिन हिल’ बाट प्रभावित थियो।

फितूरः
२०१६ मा रिलीज भएको फिल्म ‘फतूर’ पनि रोमान्टिक ड्रामामा आधारित फिल्म थियो। फिल्ममा कैटरिना कैफ, आदित्य राय कपूर, लारा दत्ता र तब्बूले यो फिल्ममा अभियन गरेका छन्। यो फिल्म पनि सुरपफ्लप भयो। यो फिल्मले आफ्नो लगानीसमेत उठाउन सकेन्।

बारबार देखोः
२०१६ मा कैटरिनाको अर्को पनि फिल्म आयो ‘बार बार देखो’। यो पनि रोमान्टिक फिल्म नै थियो। यो फिल्म करण जोहर, ऋतेश सिध्वानी र फरहान अख्तर जस्ता निर्माता मिलेर बनाएका थिए। तर यो फिल्म पनि फ्लप भयो।

जग्गा जासुसः
२०१७ मा रिलीज भएको फिल्म ‘जग्गा जासूस’ पनि कटरिनाको करियरमा सुपरफ्लप भयो। यो फिल्मको धेरै शुटिङ दक्षिण अफ्रिकामा गरिएको थियो। आफ्नै प्रेमी रणवीर सँगको उनको यो तेस्रो चलचित्र हो। राजनीति तथा अजब प्रेम कि गजब कहानी जस्ता सुपरहिट चलचित्रमा एकै साथ काम गरिसकेका रणवीर र कटरिनाको यो चलचित्र भने सफल हुन् सकेन।

SUBSCRIBE 👉