चमेली केकीलाई पछ्याउँदै दिलिप


काठमाडौं । हालसम्म कुनै पनि फिल्ममा सँगै अभिनय नगरेका नायक दिलिप रायमाझी तथा नायिका केकी अधिकारीको जोडी पहिलोपटक म्युजिक भिडियोमा सँगै देखिएका छन् । गीतकार नारायण भारतीको गीत ‘चमेली’को भिडियोमा केकी र दिलिपलाई सँगै देखिएको हो ।

अमेरिकामा बसोबास गरिरहेका गीतकार भारतीको भिडियोमा विशाल भण्डारीको निर्देशन छ । गीतमा नरेश गौतमको स्वर, एनके ब्रदर्सको संगीत र उदयराज पौडेलको शब्द संगीत छ ।

छायांकार अर्जुन तिवारी तथा उनको टिमले म्युजिक भिडियोका लागि रमणीय लोकेशनहरु कैद गरेका छन् । निशान घिमिरेले भिडियो सम्पादनमा उत्तिकै मेहनत गरेका छन् । भिडियोलाई गीतकार नारायण भारती तथा ईशा शर्मा भारतीले निर्माण गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो अपलोड गरिएको हो ।

SUBSCRIBE 👉