‘जय शम्भु’मा प्रशान्त–अनुपबीच यस्तो टकराव


काठमाडौं । भदौं १ गतेबाट प्रदर्शन हुने प्रतिक्षित फिल्म ‘जय शम्भु’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म ‘जय शम्भु’ निर्माण टिमले आईतवार ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा पछिल्लो समय निकै चर्चामा रहेको कलाकारद्धय प्रशान्त ताम्राकार र अनुपविक्रम शाहीको टकरावलाई देखाईएको छ ।

फिल्मको ट्रेलर पूर्ण एक्शन फ्लेवरमा सार्वजनिक गरिएको छ । यस अघि फिल्मको टिजर र गीत सार्वजनिक गरिएको थियो । टिजर र गीतबाट फिल्मको प्रचार तिब्र भएको छ । अनुपविक्रम शाही र प्रशान्त ताम्राकार एउटै फिल्ममा देखिएको कारण पनि फिल्म प्रति दर्शकको आशा थपिएको हो । फिल्म ऐश्वर्य पछि प्रशान्तको ‘जय शम्भु’ दोश्रो फिल्म हो । ट्रेलरमाप्रशान्त र अनुपको अलवा बर्षा शिवाकोटी पनि फिचरिङ छिन् ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको ‘जय शम्भु’मा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा छन् । यस्तै सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् ।

फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । फिल्ममा प्रशान्त,अनुप र बर्षासँगैरोशनमहर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु रानाआदको मूख्यभुमिका रहेको छ ।

SUBSCRIBE 👉