म्युजिक खबर म्युजिक अवार्ड २०१४ । को कसले कुन विधामा अवार्ड पाए ?


music-khabar-award-2014-govinda-prasadग्ल्यामर नेपाल, काठमाडौं । मनोरञ्जनमूलक अनलाइन पत्रिका म्युजिक खबर डटकमले आयोजना गरेको ‘तेस्रो म्युजिक खबर म्युजिक अवार्ड २०१४’मा गीतकार गोविन्दप्रसाद उपाध्यायको एल्बम ‘सत्यता’ ले ‘सर्वोत्कृष्ट सुगम संगीत एल्बम’को अवार्ड पाएको छ। राजधानीमा आइतबार आयोजित विशेष कार्यक्रममा उक्त एल्बम उत्कृष्ठ घोषित भएको हो।

अवार्डमा ‘म त हरपल’का लागि रमेशराज भट्टराई ‘सर्वोत्कृष्ट सुगम संगीत संगीतकार, ‘मुटुमा पीडा’का लागि कन्हैया सिंह ‘सर्वोत्कृष्ठ सुगम संगीत गायक’, ‘तिम्लाई भुल्न’का लागि गायिका अञ्जना गुरुङ ‘सर्वोत्कृष्ट सुगम संगीत गायिका’, ‘तमाम ती सपनाहरु’का लागि गायत्री थापा ‘सर्वोत्कृष्ट सुगम संगीत गीतकार’ घोषित भए । त्यस्तै ‘लुट्नु रैछ’का लागि सुब्रत आचार्यले ‘सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक सुगम संगीत’, ‘मायामा रम्ने गर’का लागि नायक गजित विष्टले ‘सर्वोत्कृष्ठ सुगम संगीत म्युजिक भिडियो मोडल पुरुष’, ‘जुन तारा’का लागि नायिका करिश्मा मानन्धरले ‘सर्वोत्कृष्ट सुगम संगीत म्युजिक भिडियो मोडल महिला’, ‘बुढेसकालको माया’का लागि अमूल कार्की ढलीले ‘सर्वोत्कृष्ट एरेञ्जर’, ‘कहिले मिलन कहिले विछोड’का लागि महेश्वर राजभण्डारीले ‘सर्वोत्कृष्ट मिक्सिङ’, ‘कहाँ छौ कहाँ’का लागि विजय परियारले ‘सर्वोत्कृष्ट सुगम संगीत नवप्रतिभा’ अवार्ड पोल्टामा पारे।

यसैगरी ‘मैले तिमीलाई’ का लागि सुमित खड्का र माण्डवी त्रिपाठीले ‘सर्वोत्कृष्ट युगल गायन’, ‘बोल न केही’का लागि जानकी पन्थले ‘सर्वोत्कृष्ट गजल’, फिल्म ‘नोटबुक’का लागि बसन्त सापकोटाले ‘सर्वोत्कृष्ट चलचित्र संगीतकार’, यही फिल्मको ‘गाला रातै’ बोलको गीतका लागि मिलन अमात्य र प्रल्हाद तिमिल्सिनाले ‘सर्वोत्कृष्ट पाश्र्व गायक÷गायिका’, ‘म त अन्यौलमा’का लागि दयाराम पाण्डेले ‘सर्वोत्कृष्ट चलचित्र गीतकार’, ‘भन्देऊ के हो माया’का लागि मुना थापाले ‘सर्वोत्कृष्ठ लोक गीत’, ‘सोह्र दुना आठ’का लागि प्रकाश भट्टले ‘सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो निर्देशक’,‘किन टाढा भयौ’का लागि विमल अधिकारी र ‘दिलको ढोका’का लागि पार्वती राईले ‘सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो मोडल पुरुष महिला’, ‘हलपल तिम्रै’का लागि सरिता थापाले ‘सर्वोत्कृष्ट लोकदोहारी नवप्रतिभा’ को अवार्ड चुमे।

म्युजिक खबर म्युजिक अवार्ड २०१४ फोटो ग्यालरी – CLICK HERE

music-khabar-award-2014-milan-amatya-deepa-shree‘मायालु हजार’का लागि विरही कार्कीले ‘सर्वोत्कृष्ट लोकदोहारी गायक’, ‘हजार जुनी’का लागि टिका पुनले ‘सर्वोत्कृष्ट लोकदोहोरी गायिका’, ‘मलाई अमेरिका’का लागि पशुपति शर्माले ‘सर्वोत्कृष्ट लोकदोहारी भाका’, ‘ए सानु पत्याउ अब त’का लागि गणेश चौलागाईले ‘सर्वोत्कृष्ट लोकदोहोरी शब्द’, ‘फूल झै’का लागि संगीतकार राजु सिंहले ‘सर्वोत्कृष्ट पप संगीत’, ‘मुद्धा हालिदिन्छु’का लागि सुरज श्रेष्ठ र ‘मस्ती गरौं’ का लागि साहिमा श्रेष्ठले ‘सर्वोत्कृष्ट पप गायन पुरुष महिला’ र ‘राष्ट्र भन्नु हाम्रो शिर’का लागि रमेश अधिकारीले ‘सर्वोत्कृष्ट राष्ट्रिय गीत’को अवार्ड प्राप्त गरे।

म्युजिक खबर म्युजिक अवार्ड २०१४ फोटो ग्यालरी – CLICK HERE

कार्यक्रममा बालगायक प्रेम परियारलाई ‘म्युजिक खबर बाल प्रतिभा प्रोत्साहन पुरस्कार’ तथा पत्रकार तुलसी गिरी ‘भावुक’लाई पाँच हजार ५ सय ५५ रुपैंयाँ राशीको ‘म्युजिक खबर पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने हाँस्य कलाकार सन्दीप क्षेत्रीले हाँस्य प्रहसन देखाएका थिए। कार्यक्रमकै अवसर पारेर फिल्म निर्देशक मोहन निरौलाको पुस्तक ‘मोनिलाको डायरी’ र ‘श्रव्यदृश्य’ नामक पत्रिकाको विमोचन गरिएको थियो।

SUBSCRIBE 👉