मिस्टर भर्जिनको प्यारोडी भिडियोलाई ५० हजार


काठमाडौं । आगामी भदौ १ गतेबाट रिलिज हुने फिल्म ‘मिष्टर भर्जिन’ले प्रमोशनको नयाँ रणनीतिलाई निरन्तरता दिएको छ । फिल्मले हालै सार्वजनिक ट्रेलरको प्यारोडी बनाउने प्रतियोगिताको घोषणा गरेको छ । यसमा सहभागीहरुले ट्रेलरको प्यारोडी बनाउने पर्नेछ । जुन प्यारोडीलाई info.tridentconcept@gmail.comमा पठाउन सकिन्छ । प्यारोडी साउन ३० सम्म उक्त इमेलमा पठाउन सकिन्छ ।

सहभागी प्यारोडी मध्ये उत्कृष्ट तीनले क्रमशः ५० हजार, २५ हजार र १० हजार रकम पुरस्कार जित्न सक्नेछन् । सेक्स कमेडीमा बनेको फिल्ममा बिशारद बस्नेतको निर्देशन छ । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा र सिर्जना सुब्बालगायतको अभिनय छ ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी छन् ।

SUBSCRIBE 👉