‘नाईं नभन्नू ल ५’मा अनुभव–सेड्रिनाको बालपान


काठमाडौं । फिल्म ‘नाईं नभन्नू ल’को पाँचौं संस्करण ‘नाईं नभन्नू ल ५’को दोस्रो गीत ‘बालापनको उमेर’ सार्वजनिक भएको छ । ट्रेलर र शीर्ष गीतका कारण चर्चामा रहेको फिल्मको नयाँ गीतमा अनुभव रेग्मी र सेड्रिना शर्माको रमाइलो नृत्य हेर्न सकिन्छ । गीतमा बसन्त सापकोटाको संगीत र समीक्षा अधिकारीको स्वर छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

विकासराज आचार्य निर्देशित फिल्ममा कलाकारद्वय सेड्रिना शर्मा र अभिषेक नेपालको डेब्यु छ भने गायिका समिक्षाले पनि यही फिल्मबाट पाश्र्व गायनमा डेब्यु गरेकी छन् । निर्देशक विकासका अनुसार फिल्म ‘छक्का पञ्जा ३’को सुटिङको समयमा स्कुलको कार्यक्रममा समीक्षालाई ‘नाईं नभन्नू ल’कै गीत गाइरहेको समयमा फिल्मका छायांकार पुरुषोत्तम प्रधान र मुख्य सहायक निर्देशक सुदिप कुँवरले भेटेपछि समीक्षालाई फेसबुकमा लाइभ गीत गाउन लगाएका थिए । ‘नयाँ गीत रेकर्डको क्रममा बाल आवाजको खोजी भइरहेको समयमा समीक्षाको आवाज सुनेपछि संगीतकार बसन्त सापकोटा र मैले समीक्षालाई पोखराबाट झिकाइ गीत रेकर्ड गराएका हौं ।’ उनले भने ।

आगामी भदौ ८ गते रिलिज हुने फिल्ममा निरुता सिंह, दिलिप रायमाझी, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, अभिषेक नेपालआदिको अभिनय छ । गीतमा पुरुषोत्तम प्रधानको छायांकन छ ।

SUBSCRIBE 👉