मोफसल यात्रामा ‘मिष्टर भर्जिन’


काठमाडौं । आगामी भदौ १ गतेबाट रिलिज हुने फिल्म ‘मिस्टर भर्जिन’ युनिट फिल्मको प्रमोसनका लागि देश दौडाहामा निस्किएको छ । पोखराबाट आइतबारदेखि सुरु हुने दौडाहामा मुलुकका प्रमुख सहरमा फिल्म युनिट पुग्नेछ ।

फिल्मका निर्देशक विशारद बस्नेतका अनुसार दौडाहामा दर्शक तथा सञ्चारकर्मीसँग भेटघाटसँगै मनोरञ्जनका कार्यक्रम पनि गरिनेछ । दौडाहा समूहमा गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झालगायत छन् ।

निर्देशक बस्नेतले नेपालीहरुको लागि फिल्मको कथाबस्तु नौलो रहेकाले पनि जनमानससम्म फिल्मको सन्देश पु¥याउन दौडाहा गर्नुपरेको बताए । पोखरापछि टोली बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमकपछि काठमाडौं फर्किनेछ ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय छ ।

SUBSCRIBE 👉