तीज गीतमा प्राश्ना र जुना


काठमाडौं । पप, आधुनिक तथा फिल्मका गीतमा स्वर दिइरहेका गायिकाद्वय जुना प्रसाईं तथा प्राश्ना शाक्यले तीजको पूर्व सन्ध्या पारेर आफ्नो नयाँ तीज ‘तीज आयो आफूलाई चै’ अर्कै व्यथा छ’ शीर्षकको गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतमा शिव हमालको शब्द तथा संगीत र विश्वास नेपालको संगीत संयोजन छ ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा जुना र प्राश्नाले नै आकर्षक नृत्य गरेका छन् । भिडियोमा उनीहरुलाई अभिनेता ध्रुव न्यौपानेले अभिनयमा साथ दिएका छन् ।

गायिका प्रसाईं तथा शाक्यका अनुसार उनीहरु विगत केही वर्षदेखि लगातार रुपमा तीजका गीत गाइरहेका छन् । उनीहरुका गीतलाई दर्शक तथा स्रोताले पनि सकारात्मक रुपले ग्रहण गरेका छन् ।

मनिता गहतराजद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरेले उक्त भिडियो सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो अपलोड गरिएको हो ।

SUBSCRIBE 👉