‘शिरफूल’ ट्रेलरमा संघर्षदेखि संस्कृति


काठमाडौं । नाइस मिडिया नेटवर्क र मगर क्रिएसनको प्रस्तुती रहेको फिल्म ‘शिरफूल’को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । काठमाडौंको क्युज सिनेमामा आयोजित एक कार्यक्रममा कलाकार र मिडियाकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा काठमाडौंका युवा जमातको रहनसहनका साथमा आदिवासी जनजाति संस्कृतिको झलक पनि देख्न सकिन्छ ।

फिल्मलाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमलको यो डेब्यु निर्देशन हो ।फिल्ममा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

यस अघी नै फिल्मको दुई गीत ’आज किन’ र ’शिरफूल’ टाइटल गीत सार्वजनिक गरिसकिएको छ । चलचित्रमा समाबेश गीतमा शब्द राजु थापा, डिपी खनाल र कृष्ण केसीको रहेको छ भने संगीत हरी लम्साल र देवराज आले मगरको रहेको छ । फिल्मका गीतमा आवाज भने आर्जन पाण्डे, मेलिना राई, हरी लम्साल, देवराज आले मगर र तारा श्रीशको रहेको छ फिल्ममा कथा नायक पनि रहेका देवराज आले मगर को रहेको छ । फिल्मलाई निरोज श्रेष्ठले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठ गरेका हुन् ।

नेपालमा मंसिर २१ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ भने विदेशका १६ वटा देशका मुख्य मुख्य सहरमा भने चलचित्रको प्रदर्शन हुने पक्का भएको छ । फिल्ममा आशिर्वाद पुन मगर को लगानी रहेको छ ।

SUBSCRIBE 👉