‘छिरिङ’मा कामनासँग गायक निमा रोमान्टिक


काठमाडौं । फिल्म ‘कागबेनी’ पछि अभिनयमा कमव्याक गरेका निमा रुम्बा अभिनित फिल्म ‘छिरिङ’को दोस्रो गीत ‘तिमीले त मायामा’ सार्वजनिक भएको छ । गीतमा निमा रुम्बा र नवनायिका कामना भुजेलको अभिनय छ । यशकुमारकै संगीत, शब्द र स्वर समावेश गीतमा विन्दु परियारको पनि स्वर सुन्न सकिन्छ ।

हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिला र हरियालीलाई दृश्यांकन गरिएको छ । कागबेनी रिलिजको दशकभन्दा बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । गीतले केही प्लट रहस्योद्घाटन गरिदिएको छ । जसअनुसार रुम्बा अमेरिका रिन्टर्स युवक छन् । घोडा चढेका यशकुमारलाई गीतले अन्तिममा युवतीको लभ इन्ट्रेस्टको रुपमा फिचर्ड गरिदिएको छ ।

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ । यसै फिल्मबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।

SUBSCRIBE 👉