होमको गीतमा रोमान्टिक प्रियंका–आयुष्मान


काठमाडौं । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘मैच्याङ’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द छ । गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स÷मास्टरिङ छ ।

डान्सिङ नम्बरको गीतमा आयुष्मान र प्रियंकाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई गायक गुरागाईँकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन छ । गीतकार न्यौपानेले गीतमा मैच्याङ बनेकी प्रियंकालाई  फकाउन आयुष्मानले गरेको आग्रहलाई समेटिएको बताए ।

SUBSCRIBE 👉