फष्टलुकमा यस्तो पुजाको ‘रामकहानी’


काठमाडौं । आगामी भदौ २२ गते रिलिज हुने फिल्म ‘रामकहानी’को फष्टलुक सार्वजनिक भएको छ । गीत संगीत र ट्रेलर सार्वजनिक भएपछि फिल्म युनिटले फष्टलुक सार्वजनिक गरेको हो ।  सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको फिल्मले कमेडी र प्रेमको कथालाई उठान गरेको छ । फिल्मको पोष्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ ।

त्यस्तै हाँस्य कलाकार केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सनविक्रम राइलाई पनि फष्टलुकमा अँटाइएको छ । निर्देशक थापाले सवा २ घन्टा लामो फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सरप्राइज पनि दिने बताए ।

SUBSCRIBE 👉