पोष्टरमा यस्तो छ ‘मेरी मामु’


काठमाडौं । आगामी भदौ १५ बाट रिलिज हुन लागेको चलचित्र ‘मेरी मामु’ले प्रचारका लागि तयार पारेको केही पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा बालकलाकार आयुव सेनले प्रमुख स्थान पाएका छन् । पोष्टरमा आसुले भरिएको आयुव देख्न सकिन्छ ।  आशुसेन फिल्मस्को चौथो प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

यम थापाले यो चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् । आमा र छोराको सम्बन्ध बोकेको यो चलचित्रमा नायिका अश्लेषा ठकुरी, नायक सारुक तााम्राकारको साथमा नव नायिका कुसुम गुरुङ र दुर्गा मल्लको मुख्य भूमिका छ ।

निर्माण युनिट केही दिन पहिले पुर्व पश्चिम टुर सकाएर फर्किएको छ । अब केही दिनमा कन्सर्ट सहित टुरमा निस्कने निर्माता सेनले जानकारी दिए ।

SUBSCRIBE 👉