‘रोजी’मा प्रदिपका चार रुप


काठमाडौं । आगामी भदौ १५ गते रिलिज हुने फिल्म ‘रोजी’मा नायक प्रदिप खड्कालाई दर्शकले चार रुपमा हेर्न पाउने भएका छन् । उनले एउटै फिल्मभित्र चारवटा चरित्र चित्रण गरेका छन् । ‘रोजी’ निर्माताले एक्सक्लुसिभ क्यारेक्टर लुक्स आउट गर्दै प्रदीप चरित्रलाई सार्वजनिक गरे । ती चार पात्रमा मुड, मनस्थिती र मनोदशाका अलग आकृति महसुस हुन्छन् ।

पहिलोमा उनी सामान्य तर सोझा युवक, दोस्रोमा विद्यार्थी, तेस्रोमा नोस्टाल्जिक र चौंथोमा कुनै एक अपराधी टाइप । ‘मेरा लागि यो अवसर पनि हो, चार चरित्र चित्रण गर्नु मेरा लागि च्यालेन्ज र अपर्चुनिटी दुबै हो’ उनले भने, ‘प्रत्येक क्यारेक्टरका आफ्नै अर्थ र सन्देश ।’

निरक पौडेल निर्देशित फिल्मले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतारचढाव पेश गर्छ । नेपाली बक्सअफिसका यी डार्लिङ अभिनेताको पात्र लुक्स पक्कै पनि फ्यानलाई सरप्राइज हुनसक्छ ।

SUBSCRIBE 👉