जगदिशको ‘बाडुली’मा रोमान्टिक सुनिल–अलिशा


काठमाडौं । गायक जगदिश समालको नयाँ गीत ‘बाडुली’को भिडियो सार्वजनिक भएको हो । गीतमा डिपी खनालको शब्द, धनु ज्ञाङमी(मगर) को संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

भिडियोमा सुनिल क्षेत्री र अलिशा शर्मालाई फिचरिङ गरिएको छ । केही हप्ता अघि मात्रै प्रदर्शनमा आएको चलचित्र ‘चि मुसी चि’ मा लिड भूमिका निर्वाह गरेका यी दुईको जोडी यो फिल्मपछि ‘बाडुली’ गीतको भिडियो मार्फत पुनः एकसाथ देखिएका हुन ।

छोटो समयको भिडियोले पनि धेरै कुरा बोलेको छ । भिडियोमा मुना मदनको प्रेमलाई देखाउन खोजिएको छ । भिडियोमा दुई कलाकारले पाँच वटा क्यारेक्टर निर्वाह गरेका छन् । जहाँ सुनिल सुकुम्बासीदेखि डाक्टरसम्म बन्न भ्याएका छन् ।

सुनिलकै निर्देशनमा बनेको भिडियो आकर्षक बनेको छ । टंक केसीको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

SUBSCRIBE 👉