‘रामकहानी’को यस्तो प्रचार फण्डा


काठमाडौं । आगामी भदौ २२ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रामकहानी’ले नयाँ शैलीबाट फिल्म प्रमोसनलाई अगाडि बढाएको छ । काठमाडौका विभिन्न रेष्टुरेन्टमा फिल्मकै नाममा वाइफाइको आइडी र पासवर्डको अभियान चलाएको फिल्मले यतिबेला फिल्मको टिसर्ट हस्ताक्षर अभियान शुरु गरेको छ ।

काठमाडौका विभिन्न स्थानमा पुगेर केही यूवाहरुले यो अभियान शुरु गरेका छन् । फिल्म‘रामकहानी’को टिसर्ट लगाएर बसन्तपुर क्षेत्रमा पुगेका यूवाहरुले त्यहाँ घुम्न आउने मानिसहरुलाई ‘रामकहानी’ लेख्न लगाए । ४ जनाको टिसर्टमा मानिसहरुले आ–आफ्नो स्टाइलमा रामकहानी नामको हस्ताक्षर गरेका थिए । उनीहरुले फिल्मको बारेमा जानकारी पनि दिए ।

४ जनामध्ये सर्वाधिक कसले धेरै फिल्मको टिसर्टमा हस्ताक्ष्ँर संकलन गर्ने भन्ने प्रतिस्पर्धा चलेको थियो । यो सोचका सूत्रपातकर्ता फिल्मकै प्रचार संयोजक दिपेन्द्र खतिवडा हुन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

SUBSCRIBE 👉