आठ सहरमा ‘रोज’सँगै प्रदिप


काठमाडौं । फिल्म ‘रोज’को रिलिज मिति नजिकिँदै गएपछि फिल्म निर्माण टोलीले प्रमोसनको अभियानलाई तिब्रता दिएको छ । आगामी भदौ २२ गतेबाट रिलिज हुने फिल्म आठ सहर लक्षित देश दौडाहाको कार्यक्रम सार्वजनिक गरेको छ ।

क्राइम थ्रीलर फिल्मले आगामी बिहिबार ट्रेलर रिलिज गरेपछि फिल्मका प्रमुख कलाकार प्रदिप खड्कासहितको टोली देश दौडाहामा निस्कनेछ । यो यात्रामा पत्रकारसँग अन्तरक्रियासँगै सांगीतिक कार्यक्रम पनि हुनेछ ।

पोखराबाट शुरु हुने यात्रा बुटवल, नारायणगढ, इटहरी, धरान, दमक र बिर्तामोड हुँदै काठमाडौं आएर टुंगिनेछ । यो यात्रामा नेपाल आइडलका प्रताप दास पनि सहभागी हुनेछन् ।

टुरसँगै रोजद्धारा आयोजित म्युजिकल्ली कन्टेस्टको पनि प्रवद्र्धन हुनेछ । नीरक पौडेल निर्देशित फिल्मको गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्ट निर्माण साझेदार हुन् ।

SUBSCRIBE 👉