‘ड्रिम गर्ल’को ‘फूल टिपेर’ सार्वजनिक


काठमाडौं । फिल्म ‘ड्रिम गर्ल’को गीत ‘फूल टिपेर’ सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार आकाश श्रेष्ठ र आश्मा गिरीको रोमान्टिक मुभमेन्टलाई गीतमा प्रस्तुत गरिएको छ । गीतमा विल्सनविक्रम राईलाई पनि देख्न सकिन्छ ।

गीतमा अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर, अर्जुनकै संगीत तथा ऋषिराज आचार्यको शब्द छ । आरबी मुभिजको व्यानरमा रिल एण्ड रियल सिनेमासँग सहकार्य गर्दै ऋषिराज आचार्यले निर्माण गरेको फिल्ममा ऋषिराजकै निर्देशन छ ।

फिल्ममा विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरवीर पण्डित, पुजा पराजुलीलगायतको पनि अभिनय छ । फिल्म असोज १९ मा प्रदर्शन हुँदैछ ।

SUBSCRIBE 👉