एबीसीडी भिडियोमा देखिए सम्राट


काठमाडौं । बाल गायक आयुष केसीको स्वरमा रहेको ‘ए इज फर एप्पल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बालबालिका लक्षित यो शैक्षिक गीतको भिडियो सम्राट क्रिएसनले निर्माण गरेको हो ।

सुमन दाहालको निर्देशनमा निर्माण भएको भिडियोमा सम्राट दाहालले अभिनय गरेका छन् । बालगीतमा सन्तोष श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने सुजिता सिटौलाले छायांकन र सुरेश राउतले सम्पादन गरेका छन् ।

गीतका गायक केसीलाई निकै मेहेनतका साथ खोजेपछि मात्र भेटिएको निर्देशक दाहालले बताए । ‘यस गीतले बालबालिकालाई पढ्न र सिक्न धेरै नै मद्दत गर्नेछ । यस गीतमा सम्राट दाहालले अघिल्ला गीतहरुमा भन्दा यस बालगीतमा निकै मिहेनत गरेर धेरै राम्रो अभिनय गरेका छन्,’सम्राटका पितासमेत रहेका सुमनले भने ।

SUBSCRIBE 👉