‘क्याप्टेन’ फष्टलुकमा आक्रामक अनमोल


काठमाडौं । नायक अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ को फष्टलुक सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म युनिटले शनिवार फष्टलुक सार्वजनिक गरेको हो ।

फिल्ममा गाउँको एक युवा फूटबल खेलेरै स्टार बनेको संघर्षमय कथा देखाइएको छ । फष्टलुकमा अनमोललाई फूटबल हिर्काउँदै गरेको लुक्समा देखाइएको छ । पोष्टरमा उनी इसान लेखिएको जर्सी नम्बर ११ मा देखिइएको छ ।

दिवाकर भट्टराईको निर्देशन तथा भुवन केसीको निर्माण रहेको फिल्ममा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । फिल्ममा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

SUBSCRIBE 👉