‘कोया कटरमा’मा रोमान्टिक प्रशान्त–दिया


काठमाडौं । छायांकनरत फिल्म ‘कस्मिक लभ’को पहिलो गीत ‘कोया कटरको’ सार्वजनिक भएको छ । रामचन्द्र काफ्ले र लक्ष्मी स्याङताङको स्वर रहेको गीतमा प्रशान्त ताम्राकार, दिया मास्के, रिजन थापा, पूजन थापा र राजाराम पौडेलले कम्मर मर्काएका छन । गीतमा दिनेश सुवेदीको शब्द, बाबुल गिरीको संगीत र रविन शाहको कोरियोग्राफी छ ।

मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहेको फिल्मको छायांकन अब केहि प्रतिशत मात्र बाकी रहेको जानकारी निर्माण टिमले दिएको छ । जय गौतम निर्माताको रुपमा रहेको फिल्ममा कार्यकारी निर्मातामा मदन ताम्राकार तथा सह निर्मातामा विकास सिंह पुजारी छन् ।फिल्ममा एस के अधिकारी तथा शेखर ज्ञवालीको लेखन, बाबुल गिरीको संगीत, एसके अधिकारी र दिनेश सुवेदीको शब्द छ ।

प्रेमकथाको फिल्ममा बि एस बलामी तथा एस के अधिकारीको निर्देशन छ । फिल्ममा प्रशान्त ताम्राकार, दिया मास्के, अर्पण थापा, रिजन थापा, पुजन थापा, रोबिन तामाङ, राजाराम पौडेल, पुरन थापा, देब महर्जन तथा सागर खनालको अभिनय छ । फिल्म तिहारको छेकोमा रिलिज हुनेछ ।

SUBSCRIBE 👉