सम्पदा र जीवनको टुक्रिएको प्रेम (भिडियोसहित)


nepali-model-music-videoग्ल्यामर नेपाल, काठमाडौं । मन्दिरमा भेटिएकी युवतीलाई मनपराएका युवकले प्रेम अंकुराउन नपाउँदै प्रेमिकालाई गुमाउँदा कस्तो हुन्छ ? यस्तै विषय समेटिएको ‘तिमीले मेरो इन्द्रधनुषि’ बोलको गीति भिडियो सार्वजनिक भएको छ।

सञ्चारकर्मी दयाराम घिमिरेले निर्देशन गरेको भिडियो र एल्बम सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो। एल्बमको संगीतकार लक्ष्मण शेष, विकास चौधरी, आलोकश्रीलगायतले सार्वजनिक गरेका हुन्। उक्त गीत संगीतकार तेनहाङ राईको एकल एल्बममा रहेको यो गीतको भिडियोमा सम्पदा बानियाँ र जीवनले अभिनय गरेका छन् भने शिव परियारले स्वर दिएका छन्।

एल्बममा ‘तिमी आयौ जिन्दगीमा’, ‘एकान्त लाई’, ‘तिमी आयौ जिन्दगीमा’, ‘हे आमा’, ‘दोबाटोमा’ र ‘छड्के सलाम’ बोलका गीत छन्। गीतमा राजेशपायल राई, मनोज राज, प्रविशा अधिकारी, दिपक लिम्बु, विकास चौधरीको स्वर छ भने धराने पत्रकार राजेश विद्रोहीको एकल शब्द रहेको छ। एल्बमलाई हार्दिक मिडियाले बजारमा ल्याएको हो।

shiva-pariyar-music-video

SUBSCRIBE 👉