यस्तो छ साम्राज्ञीको ‘इन्टु मिन्टु लण्डनमा’ ट्रेलर


काठमाडौं । आगामी असोज ५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ । कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यु निर्देशनमा बनेको फिल्मको ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नवनायक धिरज मगरको रोमान्टिक प्रेम र उनीहरुको प्रेममा अर्का नायक सारुक ताम्राकारको प्रवेशपछिको ट्वीष्टलाई बुझ्न सकिन्छ ।

लण्डनमा छायांकन गरिएको फिल्ममा विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषठ पाठक, रुवि राना र विवेक लिम्बुको पनि अभिनय छ । प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको लगानी रहेको फिल्मको ‘उडायो हावाले’ गीत निकै रुचाइएको गीतमा पर्दछ ।

SUBSCRIBE 👉