‘छिरिङ्ग’ टीजरमा बहुपति व्यथा


निमा रुम्बा र यशकुमार अभिनित फिल्म ‘छिरिङ्ग’को टीजर रिलिज भएको छ। यस अघि यो फिल्मको गीतहरु ‘तिमीले त मायामा…’ र ‘बोल बोल…’ रिलिज गरिएको थियो। टीजरमा हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशलाई चित्रण गरिएको छ। खासगरि, लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपति प्रथालाई फिल्मले उजागर गर्न खोजेको छ।

यो फिल्म मार्फत गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको छन्। उनले अभिनय गरेको फिल्म ‘कागबेनी’ रिलिज भएको एक दशक बढी भईसकेको छ। पाश्र्वगायक एवं अभिनेता समेत रहेका यशकुमार यही फिल्मबाट निर्देशनमा सक्रिय भएका छन्। कामना भूजेलले अभिनयमा डेब्य’ गरेकी छन्।

दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो। सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ। फिल्म आगामी असोज २ गते देशव्यापी रिलिज हुँदैछ।

SUBSCRIBE 👉