प्रेम र द्वन्द्वमा घुमेको ‘बाँध मायाले’ ट्रेलर


काठमाडौं । फिल्म ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक भएको छ । आर्यन अधिकारी र सृष्टि श्रेष्ठको प्रेम वरपर घुमेको ट्रेलरमा आर्यन र सृष्टिबिचको गहिरो प्रेमसँगै दुईबिचको द्वन्द्वलाई प्राथमिकता दिइएको छ ।

ट्रेलरमा नवनायक किशोर खड्का, कलाकारहरु राजाराम पौडल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङलाई पनि देख्न सकिन्छ । फिल्ममा सबिर श्रेष्ठको निर्देशन छ । काइट्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा रामहरि धिताल र बिभिषिका श्रेष्ठ निर्माता तथा महेन्द्र अधिकारी र केदार धिताल सहनिर्माता छन् ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको द्वन्द्व छ । फिल्म असोज ५ मा रिलिज हुँदैछ ।

SUBSCRIBE 👉