राजेश पायल राईको ‘आई लभ यु’ – रोमान्टिक म्युजिक भिडियो


राई इज किङ्ग को नामले परिचित, नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक राजेश पायल राईको सांगीतिक एल्बम ‘दर्शन नमस्ते ३’ मा रहेको ‘आई लभ यु’ बोलको गीतको भिडियो रिलिज भएको छ। मोडल तथा नायिका अनु शाह र विजय तामाङलाई फिचरिङ गरिएको भिडियोमा प्रेम र रोमान्सका दृश्यहरु हेर्न पाइन्छ। गीतका शब्दहरुमा प्रेमका सम्वादहरुलाई समावेश गरिएको छ। भिडियोमा गायक राजेश पायल राईलाई भने देखाईएको छैन।

गीतमा नवराज लम्सालको शब्द र सन्तोष राजको संगीत सुन्न सकिन्छ। एसित त्रिपाठीले एरेन्ज गरेको गीतको मिक्सिङ किशोर थापाले गरेका हुन्। अजय रेग्मीले खिचेको भिडियो दिपक विष्टले सम्पादन गरेका छन् भने यो भिडियो काजिश श्रेष्ठको निर्देशनमा तयार भएको हो। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉

राजेश पायल राईको ‘दर्शन नमस्ते ३’ को पुरै गीतहरु सुन्नुहोस

र यो पनि हेर्नुहोस् – राजेश पायल राईको गीतमा नायक राजेश हमालको आवाज

Rajesh Hamal’s Voice recorded for Rajesh Payal Rai’s Song