जुर्यो सारुक र साम्राज्ञीको लगन


काठमाडौं । आगामी असोज ५ गतेबाट रिलिज हुने फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को तेस्रो गीत ‘जुरायो जुरायो’ सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार सारुक ताम्राकार र साम्राज्ञी राज्यलक्ष्म शाह अभिनित गीतमा राजेशपायल राई र मेलिना राईको स्वर छ । गीतमा सारुक र साम्राज्ञीको मगनीको समय देखाइएको छ ।

कोरियोग्राफी पृष्ठभूमिबाट फिल्म निर्देशक बनेकी रेनाशा वान्तवा राईको निर्देशनमा बनेको फिल्मको यो गीतमा बसन्त सापकोटाको शब्द र संगीत छ । विवाहको माहौलमा खिचिएको गीतमा अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, रुवी रानालगायतका कलाकारलाई पनि देख्न सकिन्छ । विक्रम लामा र एन्जिला खत्रीले गीतको कोरियोग्राफी गरेका हुन् ।

नवनायक धिरज मगरको समेत अभिनय रहेको फिल्ममा प्रभु शमशेर राणा र प्रज्वल शमशेर जबराको निर्माण छ ।

SUBSCRIBE 👉