मोफसल सहरमा ‘कथा काठमाडौं’ यात्रा


काठमाडौं । आगामी असोज १२ गतेबाट रिलिज हुने फिल्म ‘कथा काठमाडौं’ले मोफसल प्रमोसनलाई निरन्तरता दिन शुक्रबारबाट मोफसल यात्रा शुरु गर्दैछ । म्युजिक भिडियो निर्देशक तथा सञ्चारकर्मी संगीता श्रेष्ठको लेखन र निर्देशनमा बनेको फिल्म पछिल्लो समय ‘रातको कुरा’, ‘जुन अनि तारालाई’ र शीर्ष गीतसँगै ट्रेलरको कारणले पनि चर्चामा छ ।

शुक्रबारबाट शुरु हुने फिल्मको मोफसल यात्रा इटहरी, धरान, दमक, हेटौडा, नारायणगढ, बुटवल, दाङ र पोखरासम्म हुनेछ । फिल्म युनिट पथरी, धरान, चितवन र दाङलगायतका स्थानका महोत्सवमा समेत सहभागी हुनेछ ।

निर्देशक श्रेष्ठले काठमाडौलाई आफ्नो कर्मभुमि बनाएर बसिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको बताइन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राईको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन ।

फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।

SUBSCRIBE 👉