दर्शक हँसाउदै ‘जय भोले’का खगेन्द्र


काठमाडौं । रिलिज मिति नतोकिए पनि दशैंमा दर्शकमाझ आउने तयारीमा रहेको फिल्म ‘जय भोले’ ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा प्रमुख पात्र खगेन्द्र लामिछानेले नायिका स्वस्तिमा खड्कालाई एकोहोरो माया गरेको देखाइएको छ । एक दृश्यमा खगेन्द्रले आफूलाई दाई नभन्न पनि आग्रह गरेका छन् । ट्रेलरमा सौगात मल्ल, सलोन बस्नेत, बुद्दि तामाङ, राजाराम पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाललाई पनि देख्न सकिन्छ ।

अशोक शर्माको निर्देशन रहेको फिल्ममा किरण शर्मा, कृति शर्मा र अंकित शर्माको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन, खगेन्द्र लामिछानेको कथा, वन नेपाल स्टन्ट टिमको एक्सन, राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

SUBSCRIBE 👉